यो वर्षको मिस नेपाल प्रतियोगिता हल्ला नगरी सकिएको छ।
सुन्दरी प्रतियोगिताका आयोजकहरू विवादमा परिरहेका बेला मिस नेपाल प्रतियोगिता शनिबार काठमाडौंमा सकिएको हो।
यो पटकको मिस नेपालमा अघिल्लो पटकको जस्तो आक्रमण मिडियाबाजी र विज्ञापन भएन।
अन्तिम २४ प्रतिस्पर्धीहरुलाई उछिन्दै यो प्रियंका रानी जोशी मिस नेपाल वर्ल्ड २०२२ को विजेता बनेकी छन्।
कोरोना महामारीका कारण गत वर्ष यो प्रतियोगिता भएको थिएन। त्यसैले जोशीलाई २०२० की मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिइन्।
प्रतियोगिताको फिनालेमा २४ जनाबीच स्पर्धा भएको थियो।
ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतियोगिताको आयोजक हिडन ट्रेजर हो।
729
Shares
प्रतिक्रिया