नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय निर्वाचन २०७९ का नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
बिहीबार बिहान ११ बजे राष्ट्रियसभा गृहमा सुरु हुने कार्यक्रमको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।
कार्यक्रममा अध्यक्ष ओली, महासचिव इश्वर पोखरेल ,उपमहासचिव प्रदीप ज्ञवाली लगायतले प्रशिक्षण दिने छन्।
यसैगरी केही विज्ञहरुले समेत प्राविधिक विषयमा प्रशिक्षण दिने केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीले बताए।
जनप्रतिनिधिहरूलाई पार्टीको घोषणा पत्र स्थानीय तहमा कार्यान्वयन, आचारसंहिता पालना, सुशासन, नीति, कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनुपर्ने लगायतमा प्रशिक्षण दिइने छ।
प्रशिक्षणमा पार्टीबाट जितेका प्रमुख र उपप्रमुखहरू सहभागी हुनेछन्। एमालेले ७५२ स्थानीय तहमध्ये २०५ पालिकामा प्रमुख र २४० उपप्रमुख जितेको छ। बाजुराको बूढीगंगामा निर्वाचन हुन बाँकी छ।
Shares
प्रतिक्रिया