अगामी आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन पुगेकी छन्।
शीतल निवासबाट निस्केको राष्ट्रपतिको कारगेट माइतीघर मण्डल हुँदै संसद भवन नयाँ बानेश्वर पुगेको हो। त्यहाँ पुग्दा राष्ट्रपतिलाई सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्वागत गरे।
त्यसक्रममा राष्ट्रपतिलाई नेपाली सेनाले सलामीले सम्मानित गरेको थियो। अपरान्ह ४ बजेदेखि राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम वाचन गरिरहेकी छन्।
294
Shares
प्रतिक्रिया