दसैँपछि नेपालीहरुलाई तिहारले छोइसकेको छ।
केही दिनमै यमपञ्चक सुरु हुँदै छ। सहर बजारमा भाइमसला र सप्तरंगी टीका किन्नेहरुको भीड जम्न थालिसकेको छ।
सोमबार काठमाडौंको व्यस्तबजार मानिने असन पुग्दा यस्तै देखिन्थ्यो। पसलहरु तिहारका सामानहरुले भरिएका छन् भने किनमेल गर्नेहरुको थामिनसक्नु भीड।
अरु बेला त भीडभाड भइराख्ने असनमा तिहारमा नहुने कुरै भएन। सप्तरंगी टीका, भाइमसला, ढाकाटोपी, मालाहरुको किनबेच भइरहेका छन्। केही दिनमै उपत्यकाका बजार सयपत्री फूलको व्यापारले रंगीन हुनेछ।
हेरौँ असनमा देखिएको तिहार
15
Shares
प्रतिक्रिया