ad ad

फोटोफिचर


माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन (फोटो फिचर)


सुजन श्रेष्ठ
साउन १६, २०७८ शनिबार १४:१०, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला आज शनिबार गरिरहेको छ। एमालेकै केपी शर्मा ओली पक्षले  युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ।

यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल र्‍यालीकै शैलीमा वरिष्ठ नेता नेपाल पक्षीय अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो। 

माधव पक्षीय अनेरास्ववियुका केन्द्रीय सचिव अशोक थापाका भेलाअघि भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्‍याली गरिएको हो। उक्त र्‍यालीमा 'अखिल फोर्स' लेखिएका रातो झण्डासहित विद्यार्थी र युवाहरु सहभागी थिए। 

नेपाल पक्षले आफू कमजोर नरहेको सन्देश दिने गरी राजधानीमा मोटरसाइकल र्‍याली गरेको हो। एमालेमा विवाद बढ्दै जाँदा ओली पक्षले युथ फोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ। 

यस्तोमा माधव पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्सलाई सक्रिय बनाएको छ। एमाले सत्ताबाट बाहिरिएसँगै यी बाहुबली संगठनहरुलाई दुवै पक्षले सक्रिय बनाएका हुन्। र्‍यालीपछि हुने अखिल फोर्सको राष्ट्रिय भेलालाई नेता नेपालले सम्बोधन गर्दैछन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .