नेपाल खेलकुद महासंघको ब्यानरमा विपक्षी गठबन्धनविरुद्ध सडक र्याली प्रदर्शन आयोजना गरिएको छ।
आइतबार त्रिपुरेश्वरमा महासंघले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेको हो।
‘राष्ट्रिय एकता जिन्दावाद’ भन्दै महासंघ केन्द्रीय कमिटीले गरेको प्रदर्शनमा ओली सरकारको पक्षमा नाराबाजी भएको थियो।
सत्तारुढ दल एमालेभित्र आन्तरिक विवाद हुँदा ओली समूह र माधव नेपाल समूहले एकअर्काको विरोध गरिरहेका छन्।
पछिल्लो केही दिनयता पार्टी एकताका लागि नेताहरुबीच तीव्र छलफल जारी रहँदा महासंघले पाँचदलीय विपक्षी गठबन्धनविरुद्ध प्रदर्शन गरेको हो।
तस्बिरः
51
Shares
प्रतिक्रिया