ad ad

छापा खबर


दसैँमा घर नगएका मालपोत अधिकृत महिलाको कोठामा भेटिएपछि...

दसैँमा घर नगएका मालपोत अधिकृत महिलाको कोठामा भेटिएपछि...

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ०:५०,

महिलासहित पक्राउ परेका कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडी विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ।

बेलौरीस्थित महिलाकै घरबाट कार्यालय प्रमुख ऐडी र विवाहित ३४ बर्षीया महिला यौन क्रियाकलाप संलग्न भइरहेको अबस्थामा पक्राउ परेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीले बुधबार राति दुवैजनालाई पक्राउ गरेको जनाएको छ । ईप्रका बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए।

‘हामीले उनीहरुलाई पक्राउ गरेका होईनौँ, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘उजुरीका आधारमा घटना बारे सोधपुछ गर्नका लागि मात्रै ल्याएका हौँ।’ उनीहरुलाई एक रात हिरासतमा राखेर दुवैका परिवारलाई प्रहरीले ईप्रका बेलौरीमा बोलाएको छ।

कहिले बेलौरी नगरपालिका प्रमुख कहिले मालपोत कार्यालय बेलौरीका प्रमुखको जिम्मेबारी पाएर काम गर्दै आएका ऐडी दसैं विदामासमेत घर गएका थिएनन्।

डडेल्धुरा घए भएका उनी दसैंमा घर जान छाडेर ती विवाहित महिलाको घरमा भेटिएपछि घर परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

उनीहरुमाथी कुन प्रकृतिको मुद्दा चलाउने वा दुवैलाई परिवारले जिम्मा दिने विषयमा बेलौरी प्रहरी अन्यौल परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .