चाडपर्व सुरु भएको छ। चाडपर्वसँगै घर रङरोगन गर्ने होडबाजी चल्छ। यसका लागि विभिन्न किसिमका रङको प्रयोग गरिन्छ।
तर सचेत रहनुहोस्– यस्ता रङ पनि छन्, जुन मानव स्वास्थ्यका लागि घातक छन्। बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्समा मानिसलाई नपुसंक बनाउनेसम्मका घातक रसायन प्रयोग भइरहको अध्ययन देखाएको छ।
रङलाई आकर्षक र चम्किने बनाउने नाममा लिड, मर्करी, कपर, जिंक जस्ता ह्याभी मेटल (गह्रौं धातु) प्रयोग गर्ने गरिएको छ। आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका छन्।
नेपालमा लिडको मापदण्ड त छ, बाँकी रसायनको छैन। लिडका हकमा पनि मापदण्ड पालना भएको छैन।
3
Shares
प्रतिक्रिया