सरकारले उपप्रधानमन्त्री, मन्त्री र सांसदलाई मात्र होइन, उनीहरुको सल्लाहकार र स्वकीयलाईसमेत दसैँ खर्च दिने निर्णय गरेको छ।
कानुनअनुसार उनीहरुलाई दसैँभत्ता दिने अधिकार नभएपछि सरकारले मन्त्रिपरिषद बैठकबाटै मन्त्री, सांसद र तिनका सल्लाहकार र स्वकीयलाईसमेत दसैँ खर्च दिने निर्णय गरेको खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन्।
मन्त्रिपरिषद्को ३१ भदौको बैठकबाट दसैँभत्ता दिने निर्णय भएपछि यसबाट राज्यकोषमा ३ करोड ७० लाख ७६ हजार १ य ६० रुपैयाँ व्ययभार थपिएको छ।
उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले गरी १६ लाख ९६ हजार २ सय ४० रुपैयाँ दसैँभत्ता बुझेका छन्।
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीका सल्लाहकार तथा स्वकीय कर्मचारीले गरी २८ लाख रुपैयाँ बुझेका छन्।
3
Shares
प्रतिक्रिया