ad ad

छापा खबर


चिनियाँ राष्ट्रपतिको भ्रमणमा हुँदैछ यस्तो सन्धिको तयारी

चिनियाँ राष्ट्रपतिको भ्रमणमा हुँदैछ यस्तो सन्धिको तयारी

नेपालखबर
असोज १३, २०७६ सोमबार २:३६,

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा दुई देशबीच सुपुर्दगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर गर्न गृहकार्य अघि बढाइएको छ।

सन्धि भए आतंकवादी गतिविधिमा संलग्न तथा अपराध गरेर एक–अर्काको देशमा लुकेका नागरिकलाई पक्राउ गरी औपचारिक रूपमा बुझाउनुपर्नेछ।

सन्धिको मस्यौदालाई अन्तिम रूपमा दिन सहसचिवस्तरको कार्यदल बनाएर दुई देशका अधिकारीबीच केही दिनयता नियमित छलफल चलिरहेको छ।

गृह मन्त्रालयले सहसचिव रामकृष्ण सुवेदीको नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलले सुपुर्दगी सन्धिकै विषयमा चिनियाँ पक्षसँग आइतबार मात्रै दुई चरण छलफल गरेको छ। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले सुपुर्दगी सन्धिबारे दुईपक्षीय छलफल चलिरहेको पुष्टि गरे।

‘चिनियाँ पक्षबाट सुपुर्दगी सन्धि गर्ने विषयमा नेपाललाई प्रस्ताव आएको छ, त्यसमाथि छलफल चलिरहेको छ । दुई पक्ष सहमतिमा पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ आएकै वेला सन्धिमा हस्ताक्षर हुन्छ,’ उनले भने ।

स्रोतका अनुसार मस्यौदालाई यसै हप्ता अन्तिम रूप दिने तयारी छ। छलफल टोलीमा आबद्ध गृहका एक अधिकारीका अनुसार एक महिनादेखि नै यसको तयारी भएको हो । ‘हामी पोजिसन तय गरेर नै चिनियाँ पक्षसँग छलफलमा बसेका छौँ,’ उनले भने, ‘हाम्रो पोजिसनमा सहमति भए सन्धिमा हस्ताक्षर हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .