भारतको केन्द्र सरकारले अनिश्चित कालका लागि सुकेको प्याज निर्यात बन्द गरेको छ।
प्याजमा पूर्ण रुपले भारतमा निर्भर नेपालमा यसको असर तत्कालै देखिने व्यवसायीले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।
पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अनियन्त्रित रुपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो।
यसले काठमाडौँ लगायत नेपालका प्रमुख सहरमा प्याज अभाव हुने देखिएको छ।
कृषि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भारतले प्याज निर्यातमा रोक लगाएकाले अब चीनबाट ल्याउने प्रयत्न गरिने बताए।
प्रतिक्रिया