ad ad

छापा खबर


सांसदको तलबभन्दा भत्ता धेरै, यस्तो छ हिसाब

सांसदको तलबभन्दा भत्ता धेरै, यस्तो छ हिसाब

नेपालखबर
असोज ११, २०७६ शनिबार १:५०,

संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०७५र७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ।

संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरूको खातामा ३५ करोड ४६ लाख १७ हजार ८ सय २३ रुपैयाँ पुगेको छ, जुन सांसदले एक वर्षमा पाएको तलबभन्दा धेरै हो।

samsad 2892019033433 1000x0

यो हिसाबअनुसार औसतमा एकजना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८ सय ८१ रुपैयाँ भत्ता बुझ्छन् । जबकि उनीहरूको वर्षदिनको औसत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । यो हिसाबले सांसदले एक महिनामै औसत ९६ हजार ५ सय ७३ रुपैयाँ भत्ता बुझ्छन्।

सांसदले सबैभन्दा धेरै रकम घर भाडाका लागि बुझेको तथ्यांकमा छ। यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी छन्।

एक वर्षको घर भाडाका लागि मात्रै १९ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने विविध खर्च शीर्षकमा ३ करोड रुपैयाँ उपलब्ध गराइएको जानकारी सचिवालय स्रोतले दिएको छ तर त्यो विविध खर्चअन्तर्गत कस्ता कस्ता खर्च पर्छन् भनेर सचिवालयले खुलाएको छैन।

संघीय संसद्का ३ सय ३१ सांसदमध्ये मन्त्रिपरिषद्का २५ सदस्यबाहेक अरू ३ सय ६ जनाले संसद् सचिवालयबाट तलब र भत्ता बुझ्छन्। प्रधानमन्त्री र मन्त्रीले भने प्रधानमन्त्री कार्यालयबाट तलबभत्ता लगायतका सुविधा बुझ्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .