बाँकेमा बाल विवाहविरुद्ध सरकारी तथा गैरसरकारी संस्थाहरु सचेतनामूलक अभियान सञ्चालनमा व्यस्त छन्।
तर, मधेसी समुदायका केही महिला भने १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन्।
बाँकेको जानकी गाउँपालिकाका रामदेव मिश्रको नेतृत्वमा केही मधेसी महिलाले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका हुन्। यो खबर आजको राजधानी दैनिकमा नेपालगञ्जबाट रुद्र सुवेदीले लेखेका छन्।
‘२० वर्ष पूरा गरेका छोराछोरीको विवाह गर्न खर्चले नधान्ने भएकाले कानुन नै संशोधन गर्नसमेत माग गर्दै हामी धर्नामा बसेका हौँ,’ जिल्ला प्रशासन कार्यालय अगाडि भेटिएका मिश्रले भने।
मुलुकी अपराध संहितामा २० वर्ष अघि गरेको विवाह बदर हुने कानुनी व्यवस्था छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालविवाहको कानुन लाग्ने भन्दै धर्नामा आएका मधेसी महिलाहरुलाई सचेत गराएका छन्।
Shares
प्रतिक्रिया