एकजना पूर्वअभिनेता तथा निर्माता÷वितरक झन्डै दुई सातादेखि प्रहरीको हिरासतमा छन् तर चलचित्र क्षेत्र यस विषयमा बेखबरझैं देखिएको छ।
दुई वर्षअघि प्रदर्शमा आएको ‘ललिबिलि’ प्राप्त भएको सेयर रकम (करिब ८८ लाख) लुकाएको आरोपमा निर्माताद्वय मिलन चाम्स र सुदीप खड्काले एक वर्षअघि नै महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा प्रहरीले निर्माता गोविन्द शाहीलाई दुई साताअघि पक्राउ गरेको हो।यो खबर आज भदौ २० गतेको साप्ताहिकमा छापिएको छ।
वितरक शाही चलचचित्र निर्माताहरूमध्ये एक हुन्।
यसबीच काठमाडौं जिल्ला अदालतले दुई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकामा पछिल्लोपटक एक हप्ताको समय थपिदिएको छ।
प्रतिक्रिया