ad ad

छापा खबर


पतिले सोधे- म विदेशमा हुँदा तिमीले किन पिल्स खाएकी? पत्नीले गरिन् आत्महत्या !

पतिले सोधे- म विदेशमा हुँदा तिमीले किन पिल्स खाएकी? पत्नीले गरिन् आत्महत्या !

नेपालखबर
भदौ १८, २०७६ बुधबार २:४५,

घटना त्यही चितवनको हो।

राजधानीसँगै जोडिएको एउटा गाउँ छ, धादिङको छेपाङ।

त्यहीँको एउटा परिवारका सदस्य रवि रने सेढाइँ। उनी केही वर्ष अघि मलेसिया गएका थिए।

पत्नीले नारायणीको तीरमा विष पिएर आत्महत्या गरिन्।

अहिले रवि रने भरतपुर कारागारमा कैदी छन्।

मुद्दा हो, आत्महत्या दुरुत्साहनको। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

रविले मलेसियाबाट मेहनतको मूल्य पत्नीलाई पठाइरहे। तर, फर्किएर आउँदा रित्तै।

आमाबाबुले पो खर्च गर्थे कि भनेर चितवन भण्डारामा पिप्लेमा गएर सोधिखोजी गरे।

आफूले पठाएको रकमबारे पत्नीलाई सोधे, खोजे, जबाफ पाएनन्।

अर्को सूचना आइलाग्यो। अनि फेरि पत्नीलाई सोधे, ‘म विदेशमा हुँदा तिमी त पिल्स खान्थ्यौ रे नि नानु?’ त्यही कुराले पीडा भएर नारायणीको तीरमा पत्नीले आत्महत्या गरिन्।

कुरा सामान्य हो, पतिले पत्नीलाई मनमा लागेको आशंका सोध्नु।

उनलाई मर्न जाऊ भनेको त होइन। तर, रवि चैतदेखि आत्महत्या दुरुत्साहन मुद्दाको पुर्पक्षअन्तर्गत कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .