आईएचएस मार्किटको विश्वकै ठूला स्मार्टफोन निर्माताको सूचीमा अमेरिकी कम्पनी एप्पल अब चौथो स्थानमा ओर्लिएको छ।
यो वर्षको दोस्रो त्रैमासिक अवधिमा एप्पल बिक्रीका आधारमा चौथो स्थानमा ओर्लिएको हो। एप्पल हाल सामसुङ, हुवावे र ओप्पोभन्दा पछि परेको छ।
ओप्पो पश्चिम मुलुकमा कमै मात्र सुनिँदै आएको छ। एप्पलले जुनको अन्त्यसम्मको तीन महिनाको अवधिमा ३ करोड ५३ लख आइफोन ढुवानी गरेको आइएएसले जनाएको छ। यो स्मार्टफोन बजारको ११ प्रतिशत हो।
एप्पल ३ करोड ६२ लाख फोन ढुवानी गरेको ओप्पोभन्दा पछाडि परेको हो। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।
अमेरिकामा समस्याका बाबजुद सामसुङ र हुवावेको ढुवानी क्रमशः ७ करोड ५१ लाख र ५ करोड ८७ लाख पुगेको छ। यी कम्पनीहरूले विश्वव्यापी बजार हिस्सा क्रमशः २३ र १८ प्रतिशत ओगटेका छन्।
प्रतिक्रिया