ad ad

छापा खबर


मलुकभर दूध अभाव, यस्तो छ कारण

मलुकभर दूध अभाव, यस्तो छ कारण

नेपालखबर
साउन १९, २०७६ आइतबार ०:३३,

डेरी उद्योगहरूले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुने सकेको छैन।

दूध कम उत्पादन हुने (लिन) सिजनको मध्य समय पर्नु र भारतबाट स्किम मिल्क पाउडर (एसएमसपी) आयात बन्द हुँदा उद्योगमा दूध अभाव भएको हो। 

दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतीस्थित अनमोल डेरी उद्योग बन्द भएको छ भने भक्तपुरको नोभा डेरीले शनिबार बजारमा दूध नै पठाउन नसकेको जनाएको छ।

खड्काले भने, “बजारमा उच्च माग रहेको सिजनमा ३० प्रतिशत घटाएर पठाइरहेका छौं, विस्तारै उद्योग धरासयी हुने अवस्थामा छ।” दैनिक २५ हजार लिटरको क्षमता रहेको नोभाको उद्योगबाट १० हजार लिटरमात्र नियमित उत्पादन भइरहेकोमा त्यो पनि घटेर ६ हजारमा पुगेको उनले बताए।

राजधानी आसपासका नोभाजस्ता तीन दर्जन डेरी उद्योग छन् भने मुलुकभर करिब २ सयको संख्यामा औपचारिक रूपमा दर्ता भइ सञ्चालमा आएका डेरी रहेको अनुमान छ। करिब ३० अर्बको लगानी रहेको निजी दुग्ध उद्योगहरूको लगानी डुब्ने खतरा रहेको भन्दै उद्योगीहरूले सरकारसँग दुग्ध आपूर्ति सहज बनाइदिन माग गरेका छन्। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।

“हाम्रो उद्योग चल्ने कच्चा पदार्थले हो, अहिले झोल दूधको आपूर्ति ३० देखि ४० प्रतिशतले घट्न थालेको छ भने पाउडर दूध उपलब्ध नै छैन,” नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने, “आयात नै हुनपर्छ भन्ने छैन तर हामीलाई आवश्यक पर्ने कच्चा पदार्थ यहाँ उपलब्ध हुनुप¥यो, नहुने भए केही समयका लागि भए पनि आयात गर्न दिनुप-यो ।” उनले पाउडर दूध उत्पादन गर्ने नेपालका तीन वटै उद्योगले पाउडर दूध दिन नसक्ने प्रतिक्रिया आएपछि मन्त्रालयसँग पटक पटक सहजीकरणको लागि अनुरोध गरेको बताए।

आठ महिनाअघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले स्वदेशी दुग्ध उत्पादनको क्षेत्रको प्रवद्र्धन गर्न भन्दै छोटो समयका लागि आयातमा अनौपचारिक रूपमा रोक लगाएका थिए। यसअघि चकलेट र विस्कुट उत्पादक कम्पनीहरूले एसएमपी आयात नहुँदा कच्चा पदार्थ अभाव भएको भन्दै गुनासो गरेका थिए भने हाल दैनिक बजारमा दूध पठाउन उद्योगहरूले नै कच्चा पदार्थ नपाउदा उद्योग नै बन्न गर्ने अवस्था आएको गुनासो गरेका छन्।

नेपालमा फागुनदेखि भदौसम्म दूध कम उत्पादन हुने सिजन र असोजदेखि माघसम्म दूध बढी उत्पादन हुने सिजन चल्ने गरको छ । कम उत्पादन हुने समयभन्दा दुई महिनाअघि अनौपचारिक रूपमा पाउडर आयातमा रोक लगाएका मन्त्री चक्रपाणी खनाल एसएमपी आयात नखोल्ने अडानमा छन् भने झोल दूध आयातको लागि अनुमति दिइसकेका छन्।

निजी डेरी मात्र नभइ औपचारिक दूध आपूर्तिको करिव आधा हिस्सा ओगट्ने सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले संकलन गर्ने दूध समेत दैनिक ३० देखि ३५ हजार लिटर घटेको छ।

“साउन महिनामा धार्मिक कर्म गर्नु पर्ने भएकाले दूध कृषकस्तरमै बढी खपत हुन्छ भने सहरमा पनि माग बढ्न थाल्छ,” संस्थानका योजना, मानव संशाधन तथा बजार व्यवस्थापन प्रमुख संजीव झाले भने, “हाम्रो उत्पादनको माग पूर्ति गर्न भारतको पटना डेरीबाट झोल दूध ल्याउन प्रक्रिया अगाडि बढाएका छौं ।” उनले भदौदेखि केही राहत हुने र कात्तिकदेखि बल्ल आपूर्ति व्यवस्थामा सुधार हुन सक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .