ad ad

छापा खबर


२५ सय बिघा जग्गा अझै ‘माओवादी’ कब्जामै !

२५ सय बिघा जग्गा अझै  ‘माओवादी’ कब्जामै !

नेपालखबर
साउन १६, २०७६ बिहिबार ३:१०,

तत्कालीन विद्रोही माओवादीको अगुवाइमा दाङमा कब्जा भएको व्यक्तिको जग्गा फुकुवा भए पनि संस्थाका जग्गा अझै कब्जामा छन्।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्व विद्यालयको १३ सय, स्वर्गद्वारी गुठीको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ बिघा कब्जामा रहेको बताए।

उनका अनुसार संस्थागत रूपमा कब्जा भएका जग्गाको आम्दानी सम्बन्धित पक्षले २०५८ सालदेखि नै पाएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्ले र गोपाल शर्माले लेखेका छन्।

द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो। माओवादीले शान्ति प्रक्रियासँगै व्यक्तिको कब्जा जग्गा फिर्ता गर्‍यो। ‘व्यक्तिको कब्जा जग्गा सहमतिअनुसार उहिलै फिर्ता गरिसका छौं’, तत्कालीन माओवादीका इन्चार्ज निर्मल आचार्यले भने, ‘अहिले त्यस्तो कब्जा जग्गा कहींकतै छैन।’

प्रमुख जिल्ला अधिकारी रिजालले पनि व्यक्तिका जग्गा फिर्ता भइसकेको बताए। उनले भने, ‘कब्जा भएको जग्गा अहिले व्यक्तिसँगको जोडिएको देखिँदैन। संघसंस्थाको भने कब्जा नै छ।’

आचार्यका अनुसार संस्कृत विश्वविद्यालय, स्वर्गद्वारी गुठी तथा विभिन्न संघसंस्थाको जग्गामा किसान, भूमिहीन, सुकुम्बासी बसेका छन्।

अखण्ड यज्ञ चलाउन स्वर्गद्वारी महाप्रभुले १९८३ देखि १९९३ को बीचमा दान तथा झोलीको पैसाले दाङ, देउखुरीका ४ मौजा खरिद गरेको प्रमाण स्वर्गद्वारी आश्रमसँग सुरक्षित छ।

आश्रमका भण्डारी (प्रशासन प्रमुख) तामुप्रसाद न्यौपानेका अनुसार महाप्रभुले दाङ, झिगौरा, रामपुर, साहिपुर, नैनवार, पड्डाहा लगायतका स्थानमा गरी १८ सय बिघा जग्गा किनेका थिए।

गौचरण र पँधेराका लागि पनि जग्गा छुट्याइएको थियो। काम गर्ने किसानलाई महाप्रभुले ५र५ कठ्ठाका दरले जग्गा दिएका थिए। स्वर्गद्वारीमा नेपाललगायत भारतका विभिन्न ठाउँबाट बर्सेनि लाखौं संख्यामा भक्तजन पुग्छन्।

एक हजार ५० बिघाको त आश्रमको नाममा लालपुर्जा नै छ। आश्रमको ७ सय बिघा जग्गा अतिक्रमणमा परेको छ भने दुई सय ५० बिघाभन्दा बढी कब्जामा छ। सात सय बिघामा मोही लागेको छ। एक सय बिघा जग्गा आश्रमले उपभोग गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .