ad ad

छापा खबर


कुमार पौडेललाई गोली हान्ने प्रहरी अधिकारीले दिए यस्तो बयान

कुमार पौडेललाई गोली हान्ने प्रहरी अधिकारीले दिए यस्तो बयान

नेपालखबर
साउन १६, २०७६ बिहिबार २:४७,

राष्ट्रिय मानव अधिकार आयोगले चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गोली हानेका प्रहरी अधिकृत तथा जानकारहरुसँग बुधबार बयान सुरु गरेको छ।

पहिलो दिन आयोगले बिहान ८ बजेदेखि साँझ अबेरसम्म ६ जना प्रहरीसँग बयान लिएको हो। यो खबर कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

घटनामा प्रत्यक्ष संलग्न अन्य ६ जनालाई बिहीबार बोलाइएको छ।

बयानका क्रममा एक प्रहरी अधिकारीले कुमारसँग मुठभेड भएको दाबी गर्दै आफूले पौडेलमाथि ६ गोली हानेको स्वीकारेका छन्।

तर, कुमारले हानेको गोली भने आफूले छलेर ज्यान जोगाएको बयानका क्रममा उनले दाबी गरेका छन्।

आयोगको निर्देशनअनुसार बयानमा आएका प्रहरीले गोली लागेपछि ढलका पौडेलको तस्बिर पनि ल्याएका थिए।

त्यसमा पौडेलको जिउ थिलथिलो हुने गरी कुटपिट भएको प्रष्ट देखिने प्रमाण रहेको आयोगले जनाएको छ।

सर्लाहीको लालबन्दीको जंगल छेउमा ५ असारमा प्रहरीको गोलीले पौडेल मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .