ad ad

छापा खबर


तरकारीको मूल्य दुईसय प्रतिशतसम्म बृद्धि, सरकार मुकदर्शक

तरकारीको मूल्य दुईसय प्रतिशतसम्म बृद्धि, सरकार मुकदर्शक

नेपालखबर
साउन १२, २०७६ आइतबार २:४४,

केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन्।

मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ।

दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन। यो खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।

गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ। गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ।

हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्य वृद्धि भएको छ।

घिउ सिमी, बोडी, लौका, तितेकरेला, परबल, घिरौला, हरियो फर्सी, इस्कुस, गोलभेंडालगायतका मौसमी तरकारीको मूल्य अकासिएको छ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनका अनुसार पछिल्लो केही दिनमै हरियो तरकारीमा २ सय प्रतिशत बढी र खाद्यान्न वस्तुमा ८० प्रतिशत बढी मूल्य बढेको बताए।

बजारमा सरकारको उपस्थित नहुँदा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाएको अध्यक्ष महर्जनको भनाइ छ।

बजार अनुगमनको अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो।

उपभोक्ता संरक्षण ऐन २०७५ ले बजार अनुगमन गर्ने अधिकृतलाई मापदण्डविपरीत व्यवसाय गर्ने व्यापारीलाई ठाउँको ठाउँ ५ हजारदेखि ३० लाख रुपैयाँसम्म जरिमाना गर्ने अधिकार दिएको छ । तर पनि बजार अनुगमन प्रभावकारी हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .