१७ पुस ०७३ मा नेपाल टेलिकमले पहिलो पटक काठमाडौँ र पोखरामा ‘फोरजी’ सेवा सुरु गर्यो, भइरहेकै ‘थ्रीजी’ प्रणालीलाई अपग्रेड गरेर।
सरकारी स्वामित्वको कम्पनीले नेपालभर फोरजी प्रणाली विस्तार गर्ने घोषणा गरेको साढे दुई वर्ष बित्दा पनि सेवा विस्तार हुन सकेको छैन।
२० माघ ०७५ मा चिनियाँ कम्पनीहरु जेडटीई र सीसीएसआईसँग फोरजी प्रणाली एक वर्षभित्र सञ्चालन गर्ने सम्झौता गरिएको छ।
तर, आउँदो माघसम्ममा देशैभर सेवा सञ्चालन नहुने पक्का छ। यो खबर आजको हिमाल साप्ताहिकमा रमेश कुमारले लेखेका छन्।
यसबीचमा नेपाल टेलिकमले फोरजीको ठूलो ग्राहक आधार मात्र होइन, सम्भावित आम्दानी पनि गुमाएको छ।
बरु टेलिकमको भन्दा पाँच महिना ढिलो गरी १८ जेठ ०७४ मा काठमाडौँ, बनेपा र धुलिखेलमा फोरजी सेवा सुरु गर्न पाएको प्रतिस्पर्धी सेवा प्रदायक एनसेलले दर्जनौँ साना ठूला शहरमा सेवा विस्तार गरिसकेको छ।
गएको वैशाख मसान्तसम्ममा एनसेलको फोरजी ग्राहक २६ लाख ७५ हजार पुगिसकेको छ। जवकी नेपाल टेलिकमको फोरजी सेवा चलाउने गाहक ७ लाख ६३ हजार मात्रै छ।
प्रतिक्रिया