ad ad

छापा खबर


प्राधिकरणमा कुलमान नै दोहोरिने!

प्राधिकरणमा कुलमान नै दोहोरिने!

नेपालखबर
भदौ २०, २०७७ शनिबार ४:०,

नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन: कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको छ।

घिसिङको कार्य कुशलता र पब्लिक सेन्टिमेन्टलाई मध्यनजर गर्दै उनकै कार्यकाललाई निरन्तरता दिनेगरी प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको खबर आजको राजधानी दैनिकमा पूजा चँदराले लेखेकी छन्।

चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा प्राधिकरण प्रवेश गरेका कुलमान घिसिङको कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्व चयनको विषयले सबैतिर व्यापक चर्चा पाएको छ।

आगामी २९ भदौमा सकिन लागेको घिसिङको कार्यकाललाई लिएर सर्वसाधारण, कलाकारदेखि उनको पक्षमा रहेका नेता कार्यकर्ताले समेत घिसिङको कार्यकाल थप गर्नुपर्ने जोडदार माग गर्दै आएका छन् ।

चार वर्षअघि करिब नौ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण लगातार चार वर्ष नाफामा गएको छ।

ऊर्जामन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको स्रोतले बताएको छ । यसअघि ऊर्जामन्त्री पुनको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको अनौपचारिक छलफलमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको बताइएको छ।

त्यस्तै,नेकपाका अर्का अध्यक्षले पनि घिसिङको विकल्प नखोज्नुपर्ने पक्षमा रहेका छन् । जनतादेखि लिएर उच्च ओहोदाका व्यक्तिसमेत कुलमानको पक्षमा रहेकाले घिसिङलाई नै निरन्तरदिनुपर्ने पक्षमा रहेका कारण मन्त्रालयसमेत यो विषयमा सकारात्मक रहेको स्रोतले बतायो।

दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बनेका घिसिङ आफैं एक कार्यकाल दो¥याउन चाहन्छन् । घिसिङले प्राधिकरणको ३५औं वार्षिकसाधारण सभामा प्रसारणलाइन, भारत र बंगलादेशमा विद्युत् बिक्रीलगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राखेका थिए।

केही दिन अघिदेखि सामाजिक सञ्जालमा पनि उनकै कार्यकाल दोहो¥याउनुपर्ने जोडदार माग हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .