ad ad

छापा खबर


कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज, ५० जनाको अवस्था गम्भीर

कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज, ५० जनाको अवस्था गम्भीर

नेपालखबर
साउन १३, २०७७ मंगलबार १:५८,

पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ।

अस्पतालमा ५० जना गम्भीर बिरामी रहेका चिकित्सकले बताएका छन्। यो खबर आजको समाचारपत्र दैनिकमा कृष्णउदास खनालले लेखेका छन्।

अस्पतालका एक कर्मचारीका अनुसार थपिने संक्रमितलाई सोमबारदेखि राख्ने ठाउँ नै छैन। अस्पतालमा शैय्या नभएपछि अहिले नै २३ जना बिरामीलाई उनीहरुको घरमा नै आवश्यक निगरानीसहित राखिएको डा. निरज सिंहले जानकारी दिए।

आइतबार संकलित स्वाब परीक्षणको रिपोर्ट आउन थालेपछि ती बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ।

कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटल प्रालि अब सामान्य अवस्थाका संक्रमितभन्दा पनि गम्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

चार महिना अघिबाट पर्सामा कोरोना संक्रमित भेटिएका थिए। तर, महामारी नियन्त्रणका लागि चुस्त व्यवस्थापन नहुँदा संक्रमित संख्या बढेसँगै यतिखेर चुनौती थपिएको हो।

कोरोना संक्रमित बिरामीको लगातार ज्यान जान थालेपछि पर्साको वीरगन्जमा स्वाब संकलनलाई तीव्रता दिइएको छ । माइस्थान, श्रीपुर, रेल्वे मावि र बिर्तालगायत चार ठाउँमा आइतबारदेखि स्वाब संकलन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

पर्सामा यात्रा विवरण (ट्राभल हिस्ट्री) नै नभएका स्थानीय पनि संक्रमित हुन थालेका छन्। जिल्लामा हालसम्म कोरोना संक्रमित सात जनाले ज्यान गुमाइसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .