ad ad

छापा खबर


कोरोनाले ग्रसित वृद्ध दम्पतिले यसरी मनाए आफ्नो विवाहको ५० औँ वर्षगाँठ

कोरोनाले ग्रसित वृद्ध दम्पतिले यसरी मनाए आफ्नो विवाहको ५० औँ वर्षगाँठ

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १:७,

उपस्थित सबैको मुखमा मास्क तथा हातमा पन्जा छ । चिकित्सक तथा नर्सले पिपिआई लगाएका छन्। दुईवटा बेड अरूभन्दा अलिक नजिक छन्।

दुवै बेडमा एक वृद्ध र वृद्धाको जोडी मुखमा मास्क र अक्सिजन लगाएर उपचार गरिरहेका छन् ।

केही क्षणपछि एउटा बेडका वृद्धले अर्को बेडकी वृद्धाको हात छुन पुग्छन् र दुवैजना प्रेम आदान–प्रदान गर्छन् । वरपर झुम्मिएका नर्स तथा चिकित्सकले ताली बजाएर बधाई तथा शुभकामना दिन्छन्।

यो दृश्य पूर्वी इटालीको मार्ची क्षेत्रको फर्मो नगरपालिकाको मुर्री अस्पतालको आइसियूको वार्डको हो। वार्डमा ७१ वर्षीया वृद्धा सान्ड्रा र उनका ७३ वर्षीय पति गियानकार्लोले कोरोना उपचार गराइरहेका छन्।

उपचारकै क्रममा उनीहरूको विवाहको ५० औँ वर्षगाँठ मनाएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उपचारमा संलग्न चिकित्सक तथा नर्सले नै विवाह उत्सवको अवसर जुटाइदिएका थिए। सान्ड्रा र गियानकार्लोले अस्पतालको बेडमा भेन्टिलेटरमा मुख ढाकेको अवस्थामा एक–अर्काको हात समाएका थिए।

सो जोडीले ५०औँ वर्षगाँठ मनाउने इच्छा व्यक्त गरेपछि उनीहरूको उपचारमा संलग्न नर्स रोबेर्टा फेरिटीले चिकित्सकलाई जानकारी गराएकी थिइन्।

फेरिटीले स्थानीय सञ्चारमाध्यमलाई भनिन्, ‘सान्ड्रा र गियानकार्लोले एक अर्कालाई औधी माया गर्दा रहेछन् । उनीहरूले अस्पतालमा नै भए पनि विवाह उत्सव मनाउन चाहेका थिए।’

उनीहरूले एक–अर्काका हात समातेका थिए । कोरोनाले ग्रस्त भए पनि उनीहरूमा ऊर्जा देखिन्थ्यो । वृद्धले पत्नीलाई बारम्बार आफूले धेरै माया गर्ने गरेको दोहोर्याएका थिए। उनका शब्द सुन्दा उपस्थित चिकित्सक र नर्सका समेत आँखा रसाएका थिए । उनीहरूले आइसियूमा दर्शाएको प्रेममय वातावरण ऐतिहासिक थियो।

करिब १० मिनेट पार्टी आयोजना गरिएको थियो । सो अवसरमा आइसियू वार्डका चिकित्सक, नर्स तथा कर्मचारी उपस्थित थिए । वृद्ध दम्पतीले बेडबाटै दुवैजनाको हातले प्रेमको प्रतीक बनाएका थिए।

फेरिटीले अगाडि थपिन्, ‘सानो केकमा ५० वटा मैनबत्ती बाल्यौँ । त्यसपछि शुभकामना दियौं ।’ उनीहरूको बेड सँगसँगै थियो । उनीहरूले एक–अर्काका हात समातेका थिए । कोरोनाले ग्रस्त भए पनि उनीहरूमा ऊर्जा देखिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .