ad ad

छापा खबर


अब धरान, पोखरा र नेपालगन्जमा पनि कोरोना परीक्षण हुने

अब धरान, पोखरा र  नेपालगन्जमा पनि  कोरोना परीक्षण हुने

नेपालखबर
चैत १२, २०७६ बुधबार १:१३,

सरकारले उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण गर्ने भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगन्जमा यथाशीघ्र परीक्षण सुरु गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा रहेका विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले नमुना संकलन गर्नेछन् र परीक्षण स्थलसम्म पुर्‍याउने काम सामाजिक विकास मन्त्रालयले गर्नेछ।

ती अस्पतालमा परीक्षण सुरु नहुँदासम्म नमुना संकलन गरेर हवाईमार्गबाट काठमाडौं ल्याइनेछ । यसको व्यवस्थापन मिलाउन पर्यटन मन्त्रालयलाई जिम्मा दिइएको छ।

त्रिभुवन विश्वविद्यालयले पनि कोरोना भाइरस परीक्षणका लागि सरकारलाई तीनवटा ल्याब दिने भएको छ । अहिले कोरोनाको परीक्षण भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजत्तिकै सुविधासम्पन्न ल्याब टियूसँग छन्। विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि ती ल्याब प्रयोग भइरहेका छन्।

त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले व्यक्तिगत सुरक्षा इक्विपमेन्ट (पिपिई) र किट भए त्रिविमा रहेका तीनवटै ल्याबले कोरोना परीक्षण गर्न सक्ने बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .