ad ad

छापा खबर


‘मलाई पनि कोरोना पाे भयो कि’ भन्ने चिन्तामा हुनुहुन्छ? यी हुन् त्यस्ताे त्रास हटाउने ५ उपाय

‘मलाई पनि कोरोना पाे भयो कि’ भन्ने चिन्तामा हुनुहुन्छ? यी हुन् त्यस्ताे त्रास हटाउने ५ उपाय

नेपालखबर
चैत ११, २०७६ मंगलबार १:५,

विश्वका विभिन्न स्वास्थ्य संस्थाले कोरोना भाइरसले पैदा गरेको त्रासबाट बच्न अनेक सुझाव दिइरहेका छन्।

माइन्ड नामक मानसिक स्वास्थ्य संस्थाले अहिलेको अवस्थामा मानिसलाई प्रकृतिमा रमाउने, धेरै समयमा घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको छ।

साथै एन्जाइटी युके पनि चिन्ता हटाउन यी ५ सुझाव दिएको छ, जुन आजको नयाँ पत्रिकाले छापेको छ।

१. स्वीकार : मस्तिष्कमा अनिश्चितता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्वीकार गर्नुहोस्।

२. विश्राम : तपाईंले सधैं गर्नेजस्तो व्यवहार नगर्नुहोस्। कुनै प्रतिक्रिया नजाउनुहोस्। विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस्।

३.नबहकिनुहोस् : सोचाइ वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस्।

४. परित्याग : सोचाइ र अनुभूति जसरी आउँछन्, त्यसरी नै जान्छन्। तपाईंले केही गर्नै पर्दैन। ती आफैं आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन्।

५. वर्तमान : अहिलेको क्षणमा रमाउनुहोस्। यो क्षणमा सबै राम्रो भइरहेको छ। आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस्। आफ्नो धरातलतिर धयान दिनुहोस्। वर्तमानलाई आत्मसात् गरेर चिन्ता हटाउनुहोस्। ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .