ad ad

छापा खबर


रेखा थापा भन्छिन्ः सबैभन्दा बढी ‘मिटु’ राजनीतिमा छ

रेखा थापा भन्छिन्ः सबैभन्दा बढी ‘मिटु’ राजनीतिमा छ

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १:५२,

अभिनेत्री रेखा थापा, नेपाली फिल्म क्षेत्रमा चर्चित र स्थापित नाम हो। उनी केही समययता राजनीतिमा चासो राख्न थालेकी छन्।

उनै रेखा थापासँग मिटु अभियानका सन्दर्भमा लिइएकाे अन्तर्वार्ता आज शुक्रबार साप्ताहिकले छापेकाे छ, प्रस्तुत छ केही अंश-

बलिउडमा मिटु अभियानले ठूलै रूप लियो, नेपालमा किन नउठेको होला?
बलिउडमा भयो भन्दैमा नेपालमा पनि जबर्जस्ती मिटु अभियान हुनुपर्छ भन्ने कुरा सान्दर्भिक लाग्दैन। कसैको कसैसँग अफेयर थियो होला, कसैको ब्रेकअप भयो होला। ब्रेकअप भएपछि बोलौं न त बोलौं भनेर उकासेर हुने होइन। कसैलाई वास्तवमै त्यस्तो भएको छ भने बाहिर आएर बोल्ने् सक्नुपर्यो नि। चलचित्र क्षेत्रका पुरुषहरू त्यति अमानवीय होलान् जस्तो लाग्दैन।

रिस उठेकै भरमा मिटु अभियान लगाउँदिऊँ न भन्ने कुरा हुँदैन होला नि। म त राजनीतिमा सबैभन्दा बढी मिटु देख्छु। राजनीतिक क्षेत्रमा शारीरिक, मानसिक र अन्य हिसाबले मिटु भइरहेको सुन्छु। नेपालमा मिटु अभियानलाई कडाइसाथ लागू गर्ने हो भने राजनीतिक क्षेत्रबाट त्यसको थालीन गर्नुपर्छ, अनि मात्र यो अभियानले सफलता पाउनेछ।

राजनीतिलाई नै किन आरोप?
राजनीतिमा लागेका पुरुषहरू र उच्च तहका नेताहरू परिवर्तन हुन जरुरी छ। राजनीतिका महिलाहरूले आफ्नो क्षमतामा विश्वास गर्न अनिवार्य छ। कसैकी श्रीमती, छोरी, बहिनी, साली, प्रेमिका भएर सत्तामा आउने क्रम रोकिनुपर्छ। यिनै कारणले गर्दा त्यहाँ केही न केही गडबडी देखिन्छ। त्यो जनताले नै अनुभव गरिसकेका छन्। केही उदाहरण त भर्खरै मात्र देखिएकै छन्।

नेताका कार्यकर्ताहरूलाई गएर सोध्नुहोस्, उनीहरूका स्वकीय सचिवहरूलाई सोध्नुहोस्। यस विषयमा उनीहरू बोल्छन् कि बोल्दैनन्? महिला नेतृहरूका पनि पीए होलान्, बोल्छन् कि बोल्दैनन्? म त भन्छु मिटु जताततै छ। केही अघि एक जना मुख्यमन्त्रीलाई नै रोशनी काण्डमा के भयो? नेपालमा यस विषयमा कसैले पनि बोल्दैनन्। किनभने अभ्यास नै छैन। सबैलाई राम्री र चरित्रवान् देखिने भ्रम छ। भित्र खोक्रो बाँच्ने र आत्मरतिमा बाँच्ने हाम्रो बानी छ। जबसम्म हामी आत्मरतिमा रमाइरहन्छौं, भइरहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .