ad ad

छापा खबर


उपसभामुख दिन प्रधानमन्त्री ओलीले महन्थ ठाकुरसँग राखे यस्तो सर्त

उपसभामुख दिन प्रधानमन्त्री ओलीले महन्थ ठाकुरसँग राखे यस्तो सर्त

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ०:५४,

सत्तारुढ दल नेकपाले राष्ट्रिय जनता पार्टीसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ।

राजपाका नेताहरुका अनुसार सत्तारुढ दलका नेताहरु राजपालाई उपसभामुख पद दिन तयार छन् तर यसका लागि प्याकेजमा सहमति गर्नुपर्ने सत्तारुढ दलका नेताहरुको भनाई रहेको खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

बुधबार बिहान प्रधानमन्त्री केपी ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार कुराकानीमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए।

तर, यस विषयमा ठाकुरले स्पष्ट जबाफ दिएनन्।

ओलीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए।

त्यस क्रममा ओलीले राजपा संघीय सरकारमा आउनुपर्ने, त्यसपछि मात्र संवैधानिक आयोग र राजदूतहरुमा सहमति गर्न सकिने थप प्रस्ताव गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .