ad ad

छापा खबर


हात्तीपाइलेका बिरामी औषधि खानै मान्दैनन्

हात्तीपाइलेका बिरामी औषधि खानै मान्दैनन्

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ०:३३,

सर्वसाधारणमा गलत धारणा रहेकाले हात्तीपाइले रोगका बिरामीले औषधि खान नमान्ने गरेको पाइएको छ।

विशेषगरी सहरी भेगका बासिन्दा नै औषधि खान हिच्किचाउने गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

टाठाबाठा शिक्षित वर्गले नै यो औषधि खान नमान्ने गरेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.रोशन पोखरेलले बताए।

‘हात्तीपाइले रोगबारे कम बुझेकाले औषधिको साइड इफेक्ट हुन्छ भनेर औषधि खाँदैनन्,’ उनले भने, ‘कतिलाई यो औषधि बिदेशबाट ट्रायल गर्न ल्याइएको भन्ने भ्रम छ।’

विश्व स्वास्थ्य संगठनबाट परीक्षण गरी गुणस्तरीय मानिएको औषधि नै नेपालमा चलाइएकाले पूर्ण रुपमा सुरक्षित रहेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .