ad ad

छापा खबर


कोरोना संक्रमण : काठमाडौंमा पनि थालियाे हात नमिलाउने अभियान

कोरोना संक्रमण : काठमाडौंमा पनि थालियाे हात नमिलाउने अभियान

नेपालखबर
माघ २३, २०७६ बिहिबार ३:१६,

चीनको उहान सहरबाट महामारीका रूपमा फैलिन थालेको नोबेल कोरोना भाइरस यतिखेर विश्वव्यापीरूपमा फैलिएको आशंका गरिएको छ।

सोमबारसम्म चीनमा मात्रै ३ सय ५० जनाको मृत्यु भइसकेको छ भने फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले विश्वभरि आकस्मिक सरुवा रोगको रूपमा (ग्लोबल एपिडेमिक) घोषणा गरेपछि नेपालमा पनि यस रोगबारे सबै तिरबाट सचेतना अपनाउन थालिएको छ, आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ।

यसै सन्दर्भमा कोरोना भाइरस सर्नबाट बच्नका लागि काठमाडौं नयाँबानेश्वरस्थित काव्य स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरूलाई आइतबारदेखि विद्यालय हातामा होस् या विद्यालय बाहिर एक आपसमा ‘हात नमिलाउन’ बरु ‘नमस्कार मात्रै गर्न’ आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .