ad ad

छापा खबर


चीनमा कोरोना भाइरस संक्रमण : नेपालीलाई फिर्ता ल्याउने विषय अझै अन्योलमा

चीनमा कोरोना भाइरस संक्रमण : नेपालीलाई फिर्ता ल्याउने विषय अझै अन्योलमा

नेपालखबर
माघ २३, २०७६ बिहिबार २:१४,

कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ।

अन्य देशले चीनमा बस्ने आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ। तर, नेपाल सरकारले भने ‘क्वारेन्टाइन’ पहिचान गर्नै नसकेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालयलगायतको अन्तर मन्त्रालयस्तरमा प्रभावकारी समन्वय हुन नसक्दा कोरोना भाइरस संक्रमण फैलिएको चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काएर कहाँ राख्ने भन्ने निर्णयमा सरकार अझै पुग्न सकेको छैन।

हुवेई प्रान्तमा रहेका नेपालीलाई कहिले ल्याउने र ल्याएर कहाँ राख्ने भन्ने विषयमा सरकारले अझै आधिकारिक जवाफ दिएको छैन । हालसम्म चीनबाट फर्किन चाहनेमध्ये १ सय ८० जना चीनस्थित नेपाली राजदूतावासको सम्पर्कमा छन्।

मंगलबार बेलुका मुख्य सचिवको अध्यक्षतामा बैठक बसेर स्थानको टुंगो लगाउने भनिए पनि सो विषयमा निर्णय हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चाँडै निर्णय हुने बताए।

उनले भने, ‘स्थानबारे अझै टुंगो लागेको छैन । तर, अब एक–दुई दिनभित्रै नेपाल ल्याउने गरी तयारी थालिएको छ ।’ बुधबार बेलुकीसम्म बैठक बसे पनि नेपालीलाई ल्याइसकेपछि कहाँ राख्ने भन्ने निर्णय गर्न नसक्दा बिनानिष्कर्ष बैठक टुंगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .