ad ad

छापा खबर


६० वर्षीया पत्नीसँग कुटाकुट हुँदा ६४ वर्षे पति ठहरै

६० वर्षीया पत्नीसँग कुटाकुट हुँदा ६४ वर्षे पति ठहरै

नेपालखबर
माघ १८, २०७६ शनिबार १:११,

बागलुङको तमानखोला गाउँपालिका १ बोङ्गादोभानमा घरायसी विवादका क्रममा श्रीमान् श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ।

स्थानीय ६० वर्षीया श्रीमती जमुना विकको कुटाइबाट ६४ वर्षीय रविलाल विकको मृत्यु भएको खबर आजको राजधानी दैनिकले छापेको छ।

झगडामा श्रीमतीले धकेल्दा रविलालको टाउको घरको भित्तामा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

बुधबार राति घरको गारोमा ठोक्किएर रविलालको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले मृतककी श्रीमती जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .