ad ad

छापा खबर


यसकारण रोकियो ‘महाराज’ को महायज्ञ

यसकारण रोकियो ‘महाराज’ को महायज्ञ

नेपालखबर
माघ १८, २०७६ शनिबार १:८,

चितवनको नारायणी नदी किनारमा एक महिनाको लागि भनेर सुरु गरिएको महायज्ञ एक सातामै अन्त्य गरिएको छ।

महायज्ञको मूल वाचकका रुपमा रहेका बाल योगेश्वर महाराज बताउने विजय भण्डारीको ठगीले भरिएको विगतबारे समाचार प्रकाशित भएपछि आयोजकले यज्ञ नै अन्त्य गरेका खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र रमेशकुमार पौडेलले लेखेका छन्।

एक समय आफूलाई विष्णु प्रपन्नाचार्य बताउने विजय आर्थिक ठगीको आरोपमा २०७१ पछि १८ महिना र २०७६ मा १९ दिन जेल बसेका थिए।

जेलबाट निस्केपछि नाम बदलेर बाल योगेश्वर बनाएका उनीमाथिकेही ठगी मुद्दा अदालतमा विचाराधिन छ।

महायज्ञको उद्घाटन गर्न भन्दै गत शनिबार चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनः मुख्य वाचकको विवादित पृष्ठभूमी थाह पाएपछि फिर्ता भएका थिए।

भरतपुर महानगरपालिका २३ स्थित महायज्ञ आयोजक पशुपतीनाथ मन्दिर व्यवस्थापन समितिले प्रेस विज्ञप्ती जारी गर्दै महायज्ञलाई निरन्तरता दिन नसकिने अवस्था आएको र सबै समिती उपसमिती भंग गरिएको जनाएको छ।

समितिका अध्यक्ष मनोज पुडासैनीको हस्ताक्षरमा जारी विज्ञप्तीमा महाराजले विभिन्न आशा भरोसा दिएर पूरा हुन नसक्ने झुटा आश्वासन दिएको र त्यसैका कारण महायज्ञ संचालन गर्न प्राविधिक पक्षबाट असर्मथ भएको उल्लेख छ।

मन्दिर व्यवस्थापनले यज्ञ संचालनका क्रममा आफूहरुले कुनै पनि आर्थिक सम्झौता नगरेको प्रस्ट पारेको छ। २५ करोड उठाउने लक्ष्य राखेर सुरु गरिएको महायज्ञ बीचमै विथोलिएपछि यज्ञ व्यवस्थापनमा यस अघि नै गरिएको खर्च कसले बेहोर्ने भन्ने प्रश्न उब्जिएको छ।

समितीले महायज्ञका क्रममा विभिन्न संस्था तथा व्यक्तीसँग महाराज आफैले आर्थिक सम्झौता गरेको स्पष्ट पारेको छ।

मुख्य वाचकसँग जोडिएर पत्रपत्रिकामा आएका समाचारहरुबाट आफूहरु स्तब्ध र लज्जित भएको जनाउँदै समितीले भनेको छ, ‘उहाँबाट जुन किसिमका गल्ती भएका हुन् या होईनन ती कुराहरु सम्बन्धित व्यक्तीलाई नै थाहा होला। यदी गल्ती गरेको भए सो को भागिदार स्वयं महाराज नै हुनुहोला।’

समितिले कानुनी बाटोबाट छानविन गरी दोषी माथि उचित कारबाहीको माग पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .