ad ad

छापा खबर


प्रधानमन्त्रीको निम्तो : मोदी नेपाल आउन तयार

प्रधानमन्त्रीको निम्तो : मोदी नेपाल आउन तयार

नेपालखबर
माघ ८, २०७६ बुधबार ३:२१,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो वर्ष (आगामी पुसभित्र) नेपाल भ्रमण गर्ने बताएका छन्।

विराटनगरमा भारतीय सहयोगमा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटनपछि भिडियो कन्फरेन्सलाई मंगलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निमन्त्रणा सम्झाए ।

मोदीले नेपाल भ्रमणको कार्यक्रम बनाइरहेको जवाफ दिए । नेपालले २० देखि २२ सम्म गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद कार्यक्रम र आगामी वैशाख २५ गते बुद्ध जयन्तीमध्ये एक अवसरमा मोदीको भ्रमण गराउने इच्छा व्यक्त गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

‘भारतका प्रधानमन्त्रीज्यूलाई नेपाल भ्रमणका लागि स्ट्यान्डबाई निमन्त्रणा छ । उहाँले २०२० भित्र आउने भन्नुभएको छ । उहाँले सगरमाथा संवाद र वैशाख पूर्णिमामध्ये एउटा अवसरमा भ्रमण गरिदिनुभयो भने राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराइले नयाँ पत्रिकासँग भने, ‘यसबाहेक उहाँको अनुकूल कुनै पनि समयमा स्वागत गर्न नेपाल सरकार प्रतिक्षारत छ । कूटनीतिक च्यानलमार्पmत उहाँको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले कुराकानी गर्नेछ।’

भट्टराईको बुझाइमा जलवायु परिवर्तनको विषय नेपाल र भारतको साझा भएकोले मोदीले त्यससम्बन्धी सगरमाथा संवादमा सहभागी जनाइदिए प्रभावकारी हुने विश्लेषण नेपालको छ।

सगरमाथा संवादमा सरकारले मोदीसहित २० देशका कार्यकारी प्रमुखलाई निमन्त्रणा गरेको छ । मोदीले पहिल्यै घोषणा गरेअनुसार लुम्बिनीको भ्रमण गर्न बाँकी हुनाले बुद्ध जयन्तीमा लुम्बिनी भ्रमण गर्ने इच्छा राखेमा पनि नेपालले त्यसको तयारी गर्नेछ।

मोदी लुम्बिनी भ्रमणमा आए गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने सन्देश अन्तर्राष्ट्रिय रूपमा पुनः प्रवाहित हुने नेपालको बुझाइ छ।

मोदीले आफूलाई प्रधानमन्त्री ओली र नेपाली जनताको स्नेहले तानेको बताए । करिब ९ मिनेट लामो सम्बोधनमा मोदीले भने, ‘मलाई नेपाल भ्रमणका लागि दिनुभएको निमन्त्रणाप्रति गर्व महसुस गरेको छु । तपाईं ९ओली० र नेपाली जनताको स्नेहले मलाई तानेको छ । म कार्यक्रम बनाइरहेको छु र निश्चय नै तपाईंको साथमा समय व्यतित गर्नेछु।’

उनीभन्दा पहिला करिब ७ मिनेट बोलेका प्रधानमन्त्री ओलीले चाँडै नै आफ्नो सुविधाअनुसार नेपाल भ्रमण गर्न मोदीलाई स्मरण गराएका थिए।

‘तपाईंलाई नेपालमा स्वागत गर्न म प्रतिक्षारत छु । तपाईंको भ्रमणले हाम्रो दुई देशबीच भएका उपलब्धिको समीक्षा गर्ने र भविष्यका लागि नयाँ कार्ययोजना बनाउने अवसर दिनेछ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले १७ जेठमा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहपछि भएको भेटमा नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .