सरकारले वैदेशिक रोजगारसम्बन्धी ऐनका प्रावधान कडा पार्ने भएको छ।
वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि यसअघि भएका निर्णय र व्यवस्थापनलाई कानुनी रुप दिन वैदेशिक रोजगार ऐन ०६४ लाई संशोधन गर्न लागिएको खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।
तोकिएभन्दा बढी सेवा शुल्क लिने म्यानपावर कम्पनीलाई २ लाख जरिवाना वा इजाजत पत्र रद्द, अन्तर्वार्ता अघि नै राहदानी र रकम लिनेलाई ३ वर्ष कैद र ५ लाख जरिवाना हुने व्यवस्था गर्न लागिएको छ।
त्यसैगरी ऐनको मस्यौदामा म्यानपावरबाहेक वैदेशिक रोजगारका नाममा भएको व्यक्तिगत लेनदेनका मुद्दासमेत प्रजिअले हेर्ने व्यवस्था गर्न लागिएको छ।
प्रतिक्रिया