ad ad

छापा खबर


गरिमा नफल्दा पनि धान उत्पादन बढ्यो

गरिमा नफल्दा पनि धान उत्पादन बढ्यो

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार २:३९,

गरिमा धान नफले पनि सुदूरपश्चिम प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादन बृद्धि भएको छ।

यस वर्ष ६१ हेक्टर कम जमिनमा धान खेति गरिएको थियो।

करिब ६ सय हेक्टरमा लगाइएको गरिमा धान नफले पनि सुदूरपश्चिममा गत वर्षभन्दा यस वर्ष ३७ हजार १ सय ७६ टन धान बढी फलेको खबर आजको कारोबार दैनिकमा धनगढीबाट मुकेश टेँर्राले लेखेका छन्।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष १ लाख ८१ हजार तीन सय ३७ हेक्टरमा धान खेती गरिएको थियो।

जसमा ६ लाख ४७ हजार ५ सय टन धान उत्पादन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .