ad ad

छापा खबर


दुर्घटनाले सक्छ वर्षको ३० अर्ब

दुर्घटनाले सक्छ वर्षको ३० अर्ब

नेपालखबर
मंसिर २२, २०७६ आइतबार २:३७,

मंसिर ११ गते दिउँसो १ बजे लु२ख २१४८ नम्बरको बस सन्धिखर्कबाट छुट्यो। ३२ यात्रु बोकेको बसको गन्तव्य थियो बुटवल।

बस बुटवलसम्म पुग्नै सकेन, अर्घाखाँचीस्थित सल्लेरीमा अपराह्न ४ः१० सडकबाट अनियन्त्रित भएर करिब २५० मिटर लत खस्यो। दुर्घटनामा १७ यात्रुको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भयो। १८ यात्रु घाइते भए।

मंसिर १५ गते। बिरामी बाँच्ने आसमा थिए। एम्बुलेन्स बिरामीलाई अस्पताल पुर्‍याउन तीव्र गतिमा हुइँकिइरहेको थियो। तर, मध्यरात १२ः२० बजे एम्बुलेन्स ट्रकसँग ठोक्कियो।

सुनसरी कोसी गाउँपालिकास्थित हरिपुरमा भएको दुर्घटनामा सातजनाको घटनास्थलमै ज्यान गयो।

मंसिर १७ गते गुल्मीको इस्मा गाउँपालिकाबाट २६ यात्रु बोकेर हिँडेको जिप ग्वालीचौरको खौलारामा ट्राफिक प्रहरीको कारबाहीमा पर्‍यो। कारण थियो ओभरलोड।

ट्राफिक प्रहरीले ८ यात्रुलाई यही स्थानमा झारेर जिपलाई पठायो। जिपमा १८ यात्रु थिए। जिपले त्यो लोड पनि धान्न सकेन। ग१ज ५२१९ नम्बरको जिप बडिगाडमा गाउँपालिका–७ मा पुगेर सडकबाट खोलामा खस्यो। १४ जनाको ज्यान गयो।

प्रतिदिन हुने सरदर दुर्घटना र यसले मच्चाउने वितण्डाको तथ्यांक हो यो। नेपाल प्रहरीको यो तथ्यांक हेर्ने हो भने नेपालमा हुने दुर्घटनाको कहालीलाग्दो चित्र देखिन्छ।

एउटा सडक दुर्घटना भएपछि त्यसबाट कसैले पाठ सिक्दैनन्। त्यही कारण दुर्घटना बढिरहेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन्।

प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .