ad ad

छापा खबर


सिन्धुलीमा ३ वर्षमा ५ गुणा बढे एचआइभी संक्रमित, यस्ता व्यक्तिमा देखियाे बढी संक्रमण

सिन्धुलीमा ३ वर्षमा ५ गुणा बढे एचआइभी संक्रमित, यस्ता व्यक्तिमा देखियाे बढी संक्रमण

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ३:२७,

सिन्धुली जिल्लामा तीन वर्षमा एचआइभी संक्रमितहरूको संख्या ५ गुणाले बढेको छ ।

०७३ सालमा जिल्लामा रहेको एआरटी सेन्टरबाट ८ जनाले नियमित्त औषधि सेवन गर्ने गरेकोमा अहिले ४४ जना पुगेको एचआइभीका क्षेत्रमा सिन्धुली जिल्लामा काम गर्दै आएको सिन्धुली प्लस संस्थाले जनाएको छ ।

संस्थाले जिल्लाका सरोकारवाला निकायसँग बुधबार गरेको छलफलमा त्यस्तो तथ्यांक सार्वजनिक गरेको हो। यो खब आजको नयाँ पत्रिकामा विदुर पौडेलले लेखेका छन्।

संस्थाकी सचिव दिलकुमारी तामाङले संक्रमितहरू अझै पनि समाजमा खुल्न नसकेको बताइन् । वैदेशिक रोजगारीमा गएकाहरू, त्यसमा पनि भारत रोजगारीमा गएर फर्केकाहरूमा बढी मात्रामा देखिएको उनले बताइन् । नेपालमै रोजगारी गरी रहेकाहरूमा पनि सवारीचालकहरूमा यो रोगको संक्रमण बढी मात्रामा देखिएको अनुसन्धानका क्रममा देखिएको उनले बताइन् ।

हाल सिन्धुली जिल्लामा ४४ जना संक्रमितहरू रहेकामा सिन्धुली जिल्लाबाट ३८ जना र ६ जनाले बाहिरी जिल्लाबाट औषधि सेवन गरिरहेको उनले बताइन् । संक्रमितहरूमा सबैभन्दा बढी कमलामाई नगरपालिकाका स्थानीय छन् । ४४ जनामध्ये २१ जना कमलामाई नगरपालिका क्षेत्रका छन्। यसपछि दुधौली नगरपालिकाका १५ जना, तीनपाटन गाउँपालिकामा सातजना र ध्याङलेक गाउँपालिकामा एकजना संक्रमितहरूले अहिले औषधि सेवन गरिरहेको तथ्यांकमा भनिएको छ।

औषधि सेवन गर्नेहरूमा महिला २३ जना र पुरुष २१ जना छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .