हङकङमा यस वर्षको मध्यसम्ममा सार्वजनिक फ्ल्याटको भाडा वृद्धि हुने भएको छ।
शनिबार एक टिभीलाई अन्तर्वार्ता दिने क्रममा आवास निर्देशक (डाइरेक्टर अफ हाउजिङ) रोसाना लले आवास प्राधिकरणले सार्वजनिक आवासको भाडा वर्षको मध्यमा पुनरावलोकन गर्ने तयारी गरेको बताएकी हुन्।
निर्देशक लले वर्षको मध्यमा हुने पुनरावलोकनमा भाडा बढ्ने संकेत गर्दैै बढे पनि १० प्रतिशतभन्दा बढी नबढ्ने र जसअनुसार अहिले तिरिरहेको भाडामा एक सयदेखि दुई सय हङकङ डलर थपिने बताएकी छन्।
‘वर्तमान औसत भाडादर दुई हजार दुई सय हङकङ डलर छ। प्राप्त तथ्यांकअनुसार ४० प्रतिशतले प्रतिमहिना दुई हजार डलरभन्दा कम नै भाडा तिर्छन्,’ आवास निर्देशक लले भनेकी छन्, ‘त्यसैले १० प्रतिशत भाडा बढेमा उनीहरूलाई एक सयदेखि दुई सय हङकङ डलर थपिन्छ।’
निर्देशक लले सन् २०२६/२७ सम्ममा सार्वजनिक भाडाका घरको पर्खाइ अवधि ४.५ वर्षमा झार्ने लक्ष्य हासिल सरकार लागि परेको पनि बताएकी छन्।
Shares
प्रतिक्रिया