हङकङमा दुई महिनाभन्दा बढी समयदेखि सरकार विरोधी प्रदर्शन जारी छ।
प्रदर्शनका क्रममा हङकङका एक प्रहरीले प्रदर्शनकारीमाथि बन्दु तेर्स्याएको फोटो निकै भाइरल बनेको थियो।
गत जुलाईमा त्यस फोटो सार्वजनिक भएको थियो। प्रदर्शनकारीले उनलाई आक्रमण गरेपछि उनले बन्दुक तेस्र्याएका थिए।
सोही प्रहरी अधिकृत लाउ चक–केइ चीनको टेलिभिजन सीसीटीभीमा अतिथिका रुपमा देखा परेको एसीएमीले जनाएको छ।
लाउ चक–केइ
प्राइट टाइम समाचार कार्यक्रम सिनवेन लियानबो चीनको चर्चित कार्यक्रम हो। उक्त कार्यक्रममा हङकङका प्रहरी समावेश भएका हुन्।
अन्तर्वार्ताका क्रममा उनले चीन बलियो हुनुपर्ने धारणा राखेका थिए।
उनले भनेका छन्,‘म विश्वास गर्छु हाम्रो देश अझ समृद्ध र बलियो होस् जसका कारण हङकङका नागरिक र चिनियाँ नागरिक अथवा चिनियाँ रगत भएका सबैले विश्वमा शिर ठाडो बनाएर हिँड्न सकुन्।’
एससीएमीका अनुसार हङकङमा आइतबार पनि प्रहरी र प्रदर्शनबारीबीच झडप भएको छ। प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रयोग गरेका थिए।
प्रतिक्रिया