हङकङमा आन्दोलनका क्रममा प्रहार गरिएका अश्रुग्यासका रसायनहरु हटाउन माग गरिएको छ।
सुपुर्दगी विधेयकविरुद्धमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झपड हुँदा प्रहरीले ३ प्रहार गरेको अश्रुग्यासका रसायनहरु बिभिन्न सतहमा अझै रहेको र त्यसले मानव स्वास्थ्यमा असर पार्न सक्ने चेतावनी दिइएको हो।
बुधबार ४० रासायनिक ईन्जिनियरहरूको एक समूहले दिएको कुरा द स्टान्डर्ड ले बताएको छ।
उक्त समूहको अनुसार गत अगस्ट १८ बाट एडमिरल्टी, सेङ वान, शाम शुइ पो, काउलुन बे, चुन वान लगायतका स्थानहरुमा प्रयोग भएका २०० भन्दा बढी नमूनाहरु संकलन गरी परीक्षण गरेका थिए।
उक्त समूहका परीक्षण टोलीका एक माइकल ली भन्छन्, ‘अश्रुग्यास ग्यासका रसायनहरु विभिन्न सहत, भित्ता तथा बिलबोर्डहरुमा फेला परेको छ।’ शेङ वानमा प्रयोग भएको २१ दिनपछि पनि ग्यासका रसायन फेला परेको हो। लीले अश्रु ग्यासका रसायन विशेष गरी हावामा चल्ने ठाउँमा मानिसहरूले सोच्न सक्नेभन्दा धेरै टाढासम्म फैलन सक्ने बताए। लीले उदाहरण दिँदै भने, ‘शेङ वानमा प्रहरीले प्रयोग गरेको स्थान बाट २५० मिटर टाढासम्म रसायन फैलिएको छ।’
चुन वान पार्कमा रहेको बच्चाहरू खेल्ने क्षेत्र, साइकल पार्क र टेनिस कोर्टमाहरुमा समेत रसायन फेला परेको छ। ली भन्छन ‘हामी चिन्तित छौ कि उक्त क्षेत्रको हावा रसायनले दुषित बनाएको छ। उक्त पार्कमा खेलिरहेको बच्चाहरु, ब्यायम गरिरहेका मानिसहरु, टेनिस खेलिरहेकाहरु उक्त रसायनले स्वास्थ्यमा असर पार्न सक्छ।
Shares
प्रतिक्रिया