हङकङमा ७५ लाख मानिसहरु बसोबास गर्दछन्। हालसम्म २० प्रतिशतभन्दा कम मानिसले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन्।
बाँकी जनसंख्या भने कोरोनाविरुद्धको खोप लगाउन राजी छैनन्।
हङकङ कोरोनाबाट कम प्रभावित क्षेत्र हो। साथै त्यहाँका नागरिक सरकारलाई विश्वास गर्दैछन्। यहीकारण उनीहरुले खोप लगाउन नमानेको बताइएको छ।
आफ्ना नागरिकले खोप लगाउन अस्वीकार गरेपछि त्यहाँको सरकारले लाखौं डोज खोप फ्याँक्नु पर्ने बाध्यता सिर्जना बताएको छ।
हङकङले ७५ लाख डोज खोप फाइजर–बायोएनटेक र सिनोभ्याकबाट खरिद गरेको छ। तर १४ प्रतिशत हङकङबासीले मात्र हालसम्म दुई डोज खोप लगाएका छन्।
हङकङका सरकारी अधिकारीका अनुसार चाँडै खोप प्रयोग नभए यी खोपको म्याद सकिने अवस्थामा पुगेका छन्। जसका कारण खोप फ्याँक्नु पर्ने हुन्छ।
हालको खोप प्रभावकारी नदेखिए आफूहरुले अन्य खोप किन्ने पनि त्यहाँको सरकारले बताएको छ। यद्यपी त्यहाँका जनता भने खोप लगाउन इच्छुक नदेखिएका हुन्।
हङकङमा सन् २०१९ मा आयोजना भएको शहरव्यापी प्रदर्शनपछि हङकङका नागरिक त्यहाँको क्यारी लाम सरकारलाई विश्वास गर्दैनन्।
चीनले यतिबेला हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरिदिएको छ भने चीनले हङकङमा राष्ट्रवादी व्यक्तिलाई मात्र चुनावमा लड्न दिने कानुन पनि बनाएको छ।
यी कानुनले आफूहरु असुरक्षित भएको हङकङका नागरिक बताउँछन्। शहरले चीनको कानुनलाई अंगिकार गरेपछि हङकङबासी सरकारप्रति असन्तुष्ट भएका छन् जसका कारण उनीहरु खोप लगाउन असमर्थ भएका हुन्।
हङकङमा हालसम्म ११ हजार ८३७ मा कोरोना पुष्टि भएको छ। यहाँ २१० को कोरोनाका कारण मृत्यु भएको छ भने ११ हजार ५६१ कोरोनामुक्त भएका छन्।
अहिले त्यहाँ मात्र ६६ सक्रिय कोरोना संक्रमित छन्। बीबीसी
प्रतिक्रिया