सिउङ सुईको फिटनेस सेन्टरमा ४१ वर्षका वोङ थर भएका मानिसको चेस्ट वेट–ट्रेनिङ गर्ने क्रममा बारबेल छातीमा खसेर मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
मंगलबार बिहानै साढे ६ बजे तिन पिङ सपिङ सेन्टरको २४/७ फिटनेस सेन्टरमा यो घटना भएको हो।
प्रहरीका अनुसार छातीको एक्सरसाइस एक्लै गर्ने क्रममा यो दुर्घटना भएको थियो।
बारबेल उठाउन नसकेपछि त्यसले थिचेर उनी सुरुमा अचेत बनेको बताइएको छ।
जिम गर्ने व्यक्तिहरुले वोङलाई अचेत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रतिक्रिया