उनले पश्चिमा राष्ट्रले हङकङलाई झुठो आरोपहरु लगाएको भन्दै आइतबार उनीहरुविरुद्ध प्रतिक्रिया दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हङकङप्रति पश्चिमा राष्ट्रको दृष्टिकोण दोधारपूर्ण, पूर्वग्राही र घृणित भएको उनले बताएकी हुन्।
सन् २०१९ मा हङकङका प्रहरीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको पश्चिमा राष्ट्रहरुको भनाइ छ। बेलायतले विशेषगरी हङकङमा प्रहरीले बल प्रयोग गरेर स्वतन्त्रता खोसेको आरोप लगाएका थियो।
लामले बेलायतको भनाइमा सत्यता नभएको र त्यो ठूलो झुठो भएको बताइन्।
उनले म्यागेजिन आउटलुक विक्लीसँग भनिन्,‘चारवर्ष हङकङको कार्यकारी प्रमुख भइहँदा मैले यो अनुभव गरेको छु कि विदेशी राष्ट्रले हङकङलाई प्रयोग गरेर उनीहरुको चासो लाद्न खोजेका छन्।’
सो क्रममा लामले मुख्यक्षेत्र चीनको गत मार्चको निर्वाचन प्रणाली परिवर्तन गर्ने निर्णयको स्वागत गरिन्।
चीनले हङकङमा देशभक्ति मानिसलाई मात्र निर्वाचनमा भाग लिन पाउने कानुन बनाएको छ। यो कानुनले हङकङको स्वतन्त्रता थप खोसिने अमेरिका र बेलायतको भनाइ छ।
यसअघि चीनले त्यहाँ राष्ट्रिय सुरक्षा कानुन लागू गर्दा पनि अमेरिका र बेलायत असन्तुष्ट थिए।
Shares
प्रतिक्रिया