गतवर्ष ७ वर्षका छोरा र १० वर्षकी छोरीमाथि कयौंपाटक तातो पानी खन्याएको विषय नाम नखुलाएकी ती महिलाले स्वीकार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हङकङको अदालतमा बुधबार महिलाले अपराध स्वीकार गरेकी हुन्। उनले ७ वर्षका छोरालाई गतवर्ष तातो चिया खन्याएकी थिइन्। खाना छिटोछिटो खाएको भन्दै उनी छोरासँग रुष्ट भएकी थिइन्।
यस्तै अर्को घटनामा ती महिलाले श्रीमानलाई भिडिओ कल गरेर १० वर्षकी छोरीमाथि तातो पानी खन्याएकी थिइन्।
सा तिनको फ्ल्याटमा बच्चाहरु रोएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी आउँदा बालबालिकाको शरीर तातो पानीले जलेको थियो।
बालबालिकालाई ८ दिनसम्म लगातार अस्पतालमा उपचार गरिएको थियो। यसै महिनाको २८ तारिखमा उनलाई जेल सजाय तोकिने छ।
ती महिलालाई सात वर्षसम्म जेल सजाय हुनसक्ने बताइएको छ।
आफ्ना श्रीमानसँग पैसाको विषयमा झगडा हुँदा पनि उनले छोराछोरीमाथि तातो पानी खन्याएकी थिइन्।
प्रतिक्रिया