हङकङ निर्वाचन प्रणालीः अमेरिकाद्वारा २४ चिनियाँ तथा हङकङका अधिकारीमाथि प्रतिबन्ध

हङकङ निर्वाचन प्रणालीः अमेरिकाद्वारा २४ चिनियाँ तथा हङकङका अधिकारीमाथि प्रतिबन्ध

नेपालखबर
चैत ४, २०७७ बुधबार ८:९,

मुख्य क्षेत्र चीनले हङकङमा हुने निर्वाचनमा देशभक्त तथा चीनप्रति वफादार व्यक्तिलाई मात्र उम्मेदवार बनाउने कानुन ल्याएको छ।

यसकै विरोधमा अमेरिकाले चीन तथा हङकङका उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हा।

अमेरिकी विदेशमन्त्रालयका अनुसार प्रतिबन्ध लगाइएकामध्ये १४ जना चिनियाँ कम्युनिष्ट पार्टीका उपाध्यक्ष हुन्।

यसैहप्ताको बिहीबार अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश मामिला आयोगका निर्देशक याङ जेइचीसँग छलफल गर्दैछन्।

अलास्कामा हुने वार्ता अगाडि अमेरिकाले चिनियाँ तथा हङकङका अधिकारीमाथि वित्तीय प्रतिबन्ध लगाएको हो।

अमेरिकी विदेशमन्त्रालयले चीनले हङकङको स्वतन्त्रता खोसेको आरोप लगाएको छ। यसअघि मुख्यक्षेत्र चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गर्दा पनि अमेरिकाले चीनको विरोध जनाएको थियो।

मुख्यक्षेत्र चीनको कार्यले हङकङमा एक देश दुई प्रणालीको अवधारणा समाप्त भएको अमेरिकी बुझाई छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .