हङकङमा भविष्य बताइदिन्छु भन्दै मदिरा पिउन लगाएर १८ वर्षकी किशोरीमाथि यौन शोषण

हङकङमा भविष्य बताइदिन्छु भन्दै मदिरा पिउन लगाएर १८ वर्षकी किशोरीमाथि यौन शोषण

नेपालखबर
चैत ३, २०७७ मंगलबार ११:५९,

२० वर्षका अभियुक्तले भविष्य बताइदिन्छु भन्दै मदिरा पिउन लगाएर ती किशोरीको यौन शोषण गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ती पुरुषले यसै महिनाको मार्च ११ मा क्वाइ चुङको हङकङ पार्कमा यौन शोषण गरेका थिए।

उनले आफूले अनुसन्धान गरिरहेको बताउँदै ती किशोरीसँग बोलचाल सुरुवात गरेका थिए।

उनले किशोरीको भविष्य बताउने र उनको खराब भाग्यलाई हटाउने पनि दाबी गरेका थिए।

सांस्कृतिक काजक्रियाबाट यो सम्भव भएको ती युवाले किशोरीलाई बताएका थिए र आफ्नो फोन नम्बर दिएका थिए।

पुरुषले किशोरीलाई भविष्य बताउन र खराब भाग्य हटाउन दुई बोतल घरेलु मदिरा चाहिएको बताएका थिए।

जब उनीहरु दोस्रोपटक भेटे पुरुषले किशोरीले मदिरा पिउनैपर्ने संस्कार भएको बताएका थिए।

तर जब महिलाले दुई बोतल मदिरा पिइन, उनी अचेत बनिन्। सात घण्टापछि मात्र उनी पार्कमा होसमा आएकी थिइन्।

जब उनी बिउँझिन् उनको कपडाहरु खोलिएका थिए, उनले आफूमाथि यौन दुर्व्यवहार भएको थाहा पाइन्।

लगत्तै उनले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले पनि अभियुक्तलाई पक्राउ गर्न तीव्र अनुसन्धान गरेको थियो।

महिलाले पुरुषको हुलियाबारे गरेको वर्णन, फोन नम्बर र सीसीटीभीको माध्यमबाट प्रहरीले खोजीकार्य जारी राखेको थियो।

अन्ततः प्रहरीले ती अभियुक्तलाई पक्राउ गरिसकेको छ। हाल अनुसन्धान प्रक्रिया थप अगाडि बढाइएको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .