सडक दुर्घटना, भवनबाट मानिस लड्ने तथा आगलागीका घटना पछिल्लो समय बढ्न थालेको देखिएका हुन्।
यसबीचमा बुधबार राति हङ होमको एउटा आवसीय भवनमा आगलागी भएको छ।
वा फङ स्ट्रिटमा रहेको भवनमा आगलागी हुँदा एक ३५ वर्षका व्यक्तिले झन्डै प्राण गुमाउनु परेको थियो।
तर उनले आठौं तलाबाट हाम फालेर ज्यान जोगाए। साउथ चाइना मर्निङ पोस्टका अनुसार उनी बस्ने भवनको आठौं र छैठौं तलामा आगलागी भएको थियो।
उनी आठौं तलामा थिए। तलमाथि दुवै ठाउँमा आगलागी भएपछि उनी त्यहाँबाट निस्कन पाएका थिएनन्।
त्यसकारण उनी आठौं तलाको झ्यालबाट बाहिर निस्किएर लुगा सुकाउने र्याकमा बसे।
धुवाँ र आगो दन्किरहेको थियो। त्यसपछि उनले अर्को नजिकै रहेको ६ तलाको भवनमा हाम फाल्ने निधो गरे।
सो भवन दुई तला मुनि र आफूभन्दा ३ मिटर पर थिए। यद्यपी उनी उफ्रिएर त्यहाँ पुग्न सके।
प्रहरीका अनुसार दुई तला तल हाम फालेका उनमा सामान्य चोटमात्र लागेको छ।
यसरी उनले आफ्नो ज्यान जोगाएका हुन्। ११ वटा दम्कलको सहायतमामा आगो निभाइएको थियो। एससीएमपी
प्रतिक्रिया