गत फेब्रुअरी २६ मा जोर्डनको कुन चुङ स्पोर्ट्स क्लबमा चिनियाँ कम्पनी सिनोभ्याकको खोप लगाउने ६३ वर्षका व्यक्तिको मृत्यु भएको खबर आएसँगै मानिसहरुमा खोपको विषयलाई लिएर चिन्दा बढेको छ।
ती व्यक्तिमा खोप लगाएपछि सास फेर्न गाह्रो भएको थियो। उपचारको क्रममा फेब्रुअरी २८ मा उनको क्विन इलिजावेथ अस्पतालमा हृदयघातपछि मृत्यु भएको थियो।
यो घटनासँगै हङकङका स्वास्थ्य विज्ञहरुले खोप कार्यक्रम बन्द हुन नहुने र यसलाई जारी राख्नुपर्ने सुझाव दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सरकारका स्वास्थ्य सल्लाहकार तथा विज्ञ डेभिड हुई सु–चियोङका अनुसार हालै मृत्यु भएका मानिस मुटु सम्बन्धी तथा अन्य रोगबाट प्रताडित थिए।
खोपकै कारण उनको मृत्यु नभएकाले खोप कार्यक्रम जारी रहनुपर्ने उनको तर्क छ। उनले खोप लगाए मात्र कोरोना भाइरसबाट बच्न सकिने बताएका छन्।
साथै गम्भीर रोगबाट पीडित रहेका तथा एलर्जीको बिरामीले खोप कार्यक्रममा भाग लिनुपूर्व आफ्नो स्वास्थ्य समस्याबारे डाक्टरलाई बताउनुपर्ने पनि उनीसँगै अन्य विज्ञहरुले सुझाव दिएका छन्। एससीएमपी
याे पनि: हङकङमा कोरोनाको खोप लगाएको दुई दिनपछि एकको मृत्यु, यस्ता असर देखिएका थिए
प्रतिक्रिया