पछिल्लो समय हङकङमा सडक दुर्घटना हुने क्रम बढेको छ। पछिल्लो तीन हप्तामा एकटै मुख्य सडकमा ३ वटा सडक दुर्घटना भएका छन्।
बुधबार बिहान पनि बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। बिहान साढे ८ बजको व्यस्त समयमा सो दुर्घटना भएको हो।
तीन काउबाट चिङलोङ हाईवेमा हुँदै ताइलाम टनेलको टुल गेट पार गरेर पूर्वी कामतिनतर्फ मोडिने लेनमा केएमबी डबल डेकर बसले लोङ विन बसलाई पछाडिबाट ठक्कर दिको थियो। उक्त ठक्करबाट केएमबीमा रहेका ९ पुरुष र दुई महिला गरी ११ यात्रीहरु घाइते भएका छ्न्। दुबै बसका चालकहरु भने सुरक्षित थिए।
दुर्घटनामा आपतकालीन उद्दारको लागि ७ बारुण यन्त्र र ४ एम्बुलेन्स परिचालन गरिएको थियो। सबै घाइतेको युनलङस्थित पोकओई अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसान्धनबाट अगाडिका बसले गति घटाइरहेका बेला केएमबी बसका चालकले समयमै ब्रेक लगाउन चुक्दा ठोक्किन पुगेको निष्कर्ष निकालेको छ। दुबै चालकहरुले ब्रेथलाइजर टेस्टमा पास गरेका हुँदा कसैलाई गिरफ्तार गरिएको छैन।
योसँगै सो सडकमा तीन हप्ताभित्र तेस्रोपटक दुर्घटना भएको हो। गत जुलाई १८ मा ट्रक र बस ठोक्किँदा १ चालकको मृत्यु र १४ घाईते भएका थिए भने जुलाई ३० मा दुई यात्रुबाहक बस ठक्कर खादा ७७ जना घाइते भएका थिए।
प्रहरीको तथ्यांक अनुसार यस वर्षको पहिलो आधा समयवाधि भित्र ४९ घातक सवारी दुर्घटनामा ५० जनाको ज्यान गैसकेको छ।
प्रतिक्रिया